• मंगलबार-बैशाख-१८-२०८१

रातु नदीको ठेक्का शर्त विपरीत भएको खुलासा

 

महोत्तरी ।  बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग  सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो ।

 

आन्तरिक आय ठेक्का सम्बन्धि शर्तहरुको ४ नं. बुद्दामा बर्दिवास नगरपालिकासँग आय तथा अन्य कारोवार सम्बन्धि मुद्दा मामिलामा सग्लन भएको, कार्यालयलाई बुझाउनुपर्ने वाकी वक्यौता रहेको, विगतका आर्थिक वर्षहरुमा सम्झौता गर्नमा सर्त राखी हानि नोक्सानी पुर्र्याएको र कालो सुचिमा परेको फर्म वा व्यक्तिलाई बोलपत्र स्वीकृत नगर्ने उल्लेख गरिएको छ ।

तर आर्थिक वर्ष २०७९÷८० मा सोही कम्पनिको बोलपत्र स्वीकृत गरी काम नगरेको र २०७९ को माहालेखा परीक्षकको रिपोर्टअनुसार आर्थिक बर्ष २०७८÷७९ मा देव बिष्णु कन्स्ट्रक्सनले नै २४ लाख ६७ हजार  बढी पेश्की वापतको रकम कार्यालयलाई  फर्स्यौट गर्न बाकि देखिएको छ ।

 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावाली २०७७ को नियम ४७ अनुसार तोकिएको म्यादभित्र काम गरेवापतको पेश्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ नत्र राजस्वमा हानि, नोक्सानी र राजस्व छली गरेको ठहरिन्छ । यसरी आन्तरिक आयकरमा हानिनोक्सानी गरेको देखिने उक्त कम्पनीसँग नै नगरले किन आफ्नै सर्तविपरित सम्झौता गर्र्यो भन्ने बिषय अहिले नगर क्षेत्रमा चर्चाको बिषय वनेको हो ।

 

अझ आर्थिक बर्ष २०७९÷८० मा देव बिष्णु कन्स्ट्रक्सन सप्लायर्सले रातु नदीको पथलैया खण्डको ठेक्काको सवैभन्दा बढी रकम  १ करोड ७१ लाख ५१ हजार कवोल गरेवापत नगरले बोलपत्र स्वीकृत गरेको थियो ।

 

स्वीकृतपछी सम्झौता गर्न नआएको उक्त कम्पनिलाई वित्तीय नियमअनुसार कालो सुचिमा राख्ने र दोश्रो कवोल गर्ने ठेक्केदारसँग सम्झौता गर्न सकिने व्यवस्था छ । तर यसका वावजुत पनि सोही कम्पनीलाई किन अहिले बोलपत्र स्वीकृत गरेर ठेक्का लगाइयो भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।

 

ठेक्केदार कम्पनीका संचालक श्याम पोखरेलले भने नगरलाई पेश्की फर्स्यौट बापत कुनै पैसा तिर्न वाकी नरहेको दावी गरेका छन ।

 

माहालेखा परिक्षकको रिपोर्ट नै गलत भएको वताउदै संचालक पोखरेलले नगरपालिकाको लेखा साखाले प्रमाणित गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको वताए  । तर माहालेखा परिक्षकको रिपोर्टअनुसार बर्दिवास नगरपालिकाको विभिन्न ७  वटा ठाँउको उक्त पैसा फर्स्यौट गर्न वाकी देखिन्छ ।

 

संचालक पोखरेलले अघिल्लो पटक पाएको ठेक्कामा समेत नगरकै कारणले सम्झौता नभएको प्रष्ट वनाएका छन । ’कहिले हाकिमको सरुवा, कहिले हाकिम नै नआउने कारणले डेर महिना वित्यो अनि समय गुज्रीएपछि सम्झौता गर्न पाएनौ ।’ उनले भने ।

 

परिक्षकको रिपोर्टलाई नै आधार मान्ने हो भने नगरले लगाएको ठेक्का पुर्णतः शर्त विपरित देखिएको छ । आफैले सार्वजनिक गरेका शर्तहरु विपरित हुदा पनि देव बिष्णु कनस्ट्रक्सनसगैँ सम्झौता किन गर्नुप¥यो भन्ने बिषय आफैमा रहस्यमय देखिएको स्थानियहरु वताउछन । यही बिषय स्थानीय राजनीतिवृत्तमा समेत हल्लीखल्ली वनेको छ । नेकपा एमालेका नगर सचिव निरोज अधिकारीले यदी आफैले सर्त राखेर आन्तरिकरुपमा ठेक्का लगाएको हो भने नगर घेर्न तयार हुनुपर्ने वताए ।

 

शर्त उल्लंघन गरेर सम्झौता गरेको देखिएपछी माओवादी केन्द्र, नेपाली कांग्रेस र रास्वपाले समेत आपत्ति जनाएका छन । नगरले यो बिषय प्रष्ट नवनाए राजस्व छलीमा भएका यस्ता क्रियाकलापमा खवरदारी गर्ने वताए ।

 

बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले भने यस बिषयमा अनविज्ञ रहेको जिकिर गरे । “म आउनु भन्दा पहिले नै भएको हुनाले के भएको रहेछ खोजी गर्नेछु ।” उनले भने । “सर्तहरु हेर्दा त यस्ता कम्पनि बोलपत्र स्वीकृतमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने छ, नगरप्रमुखसँग पनि छलफल गर्नेछु ।”

 

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने सम्झौता गर्न योग्य भएपछी नै सम्झौता गरिएको प्रतिक्रिया दिएका छन् । नदीजन्य पदार्थको राजस्व हेर्ने साखाका साखा प्रमुख नारायण सेनले आफु नया भएको र सम्झौता गर्दा विधिअनुसार नै गरेको जिकिर गरे ।

 

योजना साखाका साखा अधिकृत दिपक पौडेलले फर्स्यौट र असुल फरक भएको हुनाले पेश्कीको सम्बन्धमा फर्स्यौट भईसकेको हुन् सक्ने वताए । योग्य भएका ठेक्केदारहरुलाई बोलपत्रमा सहभागी गराएर सवैभन्दा बढी कवोल गर्नेको स्वीकृत गरिएको उनको भनाई छ ।

 

यता अघिल्लो पटक ठेक्का पाएर पनि काम नगरेको भन्ने बिषय नगर कै कारण नभएको सेनले प्रष्ट वनाएका छन । “ढिला भएपछी आईई रिपोर्टको  मिति गुज्रीयो अनि अघिल्लो आर्थिक बर्षको ठेक्का प्रक्रिया नै रद्ध भएको थियो ।” उन्ले भने । “समयमा नै सम्झौता गर्न नसकिएपछि आईई रिपोर्टको म्याद नै सकियो अनि नया आईई गरेर आ.व. २०८०÷८१ मा ठेक्का लगाइएको हो ।” 

 

तर प्रमाणहरु हेर्दा गम्भीर त्रुटि भएको वताउदै वडा–३ का अध्यक्ष बिराट बिष्टले कार्यापालिका बैठकमा यो बिषयलाई जोडदाररुपमा उठाउने वताए ।  “सर्त बाझिनेगरी नगरले किन सम्झौता ग¥यो यस्लाई हामी खोतल्ने छौ ।” अध्यक्ष बिष्टले भने । “यदी त्यस्तो देखियो भने नगरले ठेक्का नै खारेज गर्नुपर्छ ।”

 

अर्का वडा अध्यक्ष पदम आलेमगरले पनि उक्त प्रक्रियाको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन । आफैले वनाएका शर्तहरु उल्लंघन गर्नु गम्भीर अपराध भएको वताउदै नगरले यस्को जवाफ दिनुपर्ने वताए ।

प्रतिकृया दिनुहोस