• शनिबार-श्रावण-१२-२०८१

काभ्रेमा विद्यार्थी घटेपछि धमाधम विद्यालय बन्द हुँदै


काभ्रे , २१ चैत्र । काभ्रेको एक गाउँपालिकामा विद्यार्थी घट्दै गएपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । 

 

चौँरी देउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा विद्यालय मात्रै सञ्चालनमा छन् । गाउँपालिकाको प्राथमिक र निम्न माध्यमिक गरी २४ वटा विद्यालय बन्द भइसकेका छन् ।


गाउँपालिका अध्यक्ष रेणुका चौलागाईको अनुसार विद्यार्थीको अभाव हुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।


गाउँपालिकाका बाह्रवटा माध्यमिक तहका विद्यालयमध्ये अहिले दश वटा सञ्चालनमा छन् भने  गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको छ । त्यसैगरी प्राथमिक तहका १५ विद्यालय र आधारभूत तहका आठवटा विद्यालय बन्द भएका छन् । विद्यार्थीको सङ्ख्या बर्सेनी घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको हो ।

 

आगामी शैक्षिक सत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेपछि यहाँ भएका केही विद्यार्थीलाई भने पढनको लागि टाढा जानुपर्ने अवस्था सृजना भएको छ ।


 

-रिकेश विश्वकर्मा(क्षितिज)

प्रतिकृया दिनुहोस