• शनिबार-श्रावण-१२-२०८१

कांग्रेसले आज पनि छान्न सकेन उपनिर्वाचनका उम्मेदवार

 

काठमाडौँ । नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवार तय गर्ने भएको छ ।

 

आज उम्मेदवार तय गर्न बोलाएको बैठकमा केही शीर्ष नेताहरु अनुपस्थित भएपछि बुधबार फेरी बैठक बस्ने भएको हो ।

 

आजको बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरु बैठकमा सहभागी भएका थिएनन् । सभापति देउवासँग उम्मेदवार चयनका विषयमा असहमतिका कारण उनी अनुपस्थित भएको बताइएको छ ।

 

इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा अन्य दलले उम्मेदवार छानेर प्रचार सुरु गरेपनि कांग्रेसले भने अझै उम्मेदवार छान्न सकेको छैन ।

 

 

 

प्रतिकृया दिनुहोस