• सोमबार-बैशाख-१७-२०८१

पेस्तोलसहित समातिए प्रशान्त

 

काठमाडौं । ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोलसहित काठमाडौंको सरस्वतीनगरबाट समातिएका छन् ।


जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ ।

 


हाल काठमाडौ महानगरपालिका वडा नं. ०६ सरस्वतीनगर बस्ने गरेका २८ वर्षका प्रशान्तले कपन क्षेत्रमा शंकास्पद गतिविधिहरु गरेको सूचना पाएपछि उनलाई पेस्तोलसहित समातिएको प्रहरीको भनाइ छ ।

 


प्रशान्तले आफ्नो निवासमा कटुवा पेस्तोल थान १, धारिलो चक्कु थान २, फलामको हम्बर थान १, मोबाइल थान २ पनि राखेकोमा प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस