• सोमबार-बैशाख-१७-२०८१

सभामुख घिमिरे स्वदेश फिर्ता

 

काठमाडौं, १६ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।

 

अन्तर–व्यवस्थापिका सङ्‍घको १४८औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् । 

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।

अन्तर व्यवस्थापिका सङ्‍घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखि २७ मार्चसम्म भएको थियो । 


 

 

प्रतिकृया दिनुहोस