• आइतबार-बैशाख-१६-२०८१

 बलिउड अभिनेता गोविन्दा शिवसेनामा प्रवेश 

 

काठमाडौं ।  बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् ।


बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन् । यसअघि भारतीय कांग्रेसका तर्फबाट लोकसभा सदस्य रहेका गोविन्दा लोकसभाको नयाँ निर्वाचनको पूर्वसन्ध्यामा शिवसेनामा सामेल भएका छन् ।

 

सिने कलाकार गोविन्दा २००४ मा ‘जायन्ट किलर’ को रूपमा देखा परेका थिए । कांग्रेस आईको उम्मेदवार छँदा उनले मुम्बई उत्तर लोकसभा सिटमा भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए ।

 

शिन्देले ६० वर्षीय अभिनेता गोविन्दालाई आफ्नो पार्टीमा स्वागत गर्दै उनलाई समाजका सबै वर्गमा लोकप्रिय व्यक्तित्व भएको भनेर प्रशंसा गरेका थिए ।

 


 

प्रतिकृया दिनुहोस