• आइतबार-बैशाख-१६-२०८१

रास्वपाले गर्यो इलाम- २ का प्रारम्भिक उम्मेदवारसँग छलफल

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्न नाम दर्ता गराएका प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको छ । पार्टीका महामन्त्री डा. मुकुल ढकालसहितका नेताहरुको उपस्थितिमा सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको हो ।

 

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् । रास्वपाले पार्टीको नीति अनुसार प्रारम्भिक उम्मेदवारहरुबीच मतदानपछि उम्मेदार तय गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस