• शनिबार-बैशाख-१५-२०८१

केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज

 

काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए, जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका छन् ।

 

अदालतले यस विषयमा न्यायिक हस्तक्षेपको कुनै आवश्यकता नरहेको बताउदै रिट खारेज गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केजरिवाल गत विहिबार राती मदिरा नीतिमा भएको अनियमितताको आरोपमा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल २ सम्म हिरासतमा राख्ने अनुमति दिएको छ ।

 

इडीको हिरासतमा रहेका मुख्यमन्त्री केजरिवालले जेलबाटै सरकार चलाएको आरोप लागेको छ । उनले जेलबाटै दिएका आदेश मन्त्रीहरुले कार्यान्वयन गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस