• शनिबार-श्रावण-१२-२०८१

२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

मुम्बई । बउिड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए ।

 

जोडीले विवाहको २५ वर्षको अवसर पारेर गत जनवरी २३ मा अदालतमा आधिकारिक रुपमा विवाह दर्ता गराएका छन् ।


हालै एक अन्तरवार्तामा अरशदले विवाह दर्ताबारे दिमागमा नआएको र यो आफ्ना लागि महत्वपूर्ण छ भन्ने कुरा पनि थाहा नभएको खुलासा गरेका छन् ।

उनले सम्पत्तिको मामला र कसैको निधनपछि यसको महत्वबारे आफूले थाहा पाएको बताएका छन् । ‘हामीले कानूनका लागि गरेका हौं । मलाई लाग्छ कि भागिदारका रुपमा यदि तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ भने यसले महत्व राख्छ’, उनले भनेका छन् ।


उनले अन्तरवार्तामा भ्यालेन्टाइनसँग जोडिएको आफ्नो डरलाग्दो स्मरणबारे बताएका छन् । ‘मलाई आफ्नो विवाहको मिति अरु कसैलाई सुनाउन घृणा लाग्छ, किनकी यो निकै घटिया लाग्छ ।

 

मारिया र म यो कुरामा लज्जित हुन्छौं । यद्यपि, यो हामीले जानेर बुझेर गरेका होइनौं’, उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस