• शनिबार-श्रावण-१२-२०८१

सुनको मूल्य स्थिर,चाँदीको भने बढ्यो

 

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । 


आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भैरहेको छ । यस्तै, शुक्रबारको तुलनामा स्थिर चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज भने पाँच रुपैयाँले बढेको छ ।

 

चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

 


 

 

प्रतिकृया दिनुहोस