• शनिबार-श्रावण-१२-२०८१

सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता

 

काठमाडौं । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् ।

 

प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई अमेरिकाले नागरिकता दिएको छ । 

 

नागरिकता लिनेहरुमा मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जना छन् । त्यस्तै, क्युबाका ३३ हाजर २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् । 

 

यीबाहेक अन्यदेशहरुबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता लिएका छन् । 

 

 

प्रतिकृया दिनुहोस