• शनिबार-श्रावण-१२-२०८१

‘हात्तीछाप’को निःशुल्क स्वास्थ्य शिविरमा सात सय बढीको उपचार

काठमाडौं । माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले लायन्स क्लबसँगको सहकार्यमा ललितपुरको सातदोबाटोस्थित किस्पाङमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।


फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले शिविरमा नागरिकहरुलाई निःशुल्क उपचारसँगै औषधि पनि वितरण गरिएको बताए । ‘जटिल रोगका बिरामीलाई टिचिङ अस्पतालमा सहजीकरण गर्ने तयारीमा छौं’, उनले भने ।


स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो ।


शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।


सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।


 

प्रतिकृया दिनुहोस