• शनिबार-श्रावण-१२-२०८१

प्रधानसेनापति शर्माबाट जर्नेल अशाेकराज सिग्देल रथीमा बढुवा सिफारिस

काठमाडाैँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २०८० मंसिर १७  गते  नेपाली सेनाका वरिष्ठ उपरथी अशाेक राज सिग्देललाई  रिक्त रथी पदमा बढुवा सिफारिस गरेका छन् ।

 

  प्रधानसेनापति प्रभुराम शर्माले रथी(तीन तारे जर्नेल)मा बढुका लागि सिफारिस गरेपछि अशाेक राज सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाकाे ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएकाे छ ।

 

   नेपाली सेनाकाे स्राेतका अनुसार, उपरथी अशोकराज सिग्देलकाे बारेमा कुनै कैफियत नरहेकाे र विराेधमा उजुरबाजुर पनि नपरेकाले  २०८० मंसिर १७ गते रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेकाे हाे ।

 

अशाेक राज सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८० भदाै २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाकाे ४५औं प्रधानसेनापतिकाे कार्यभार सम्हाल्ने निश्चित जस्तै भएकाे छ ।

 

प्रतिकृया दिनुहोस