• सोमबार-मङ्सिर-१७-२०८१

कतारद्वारा ८ भारतीय नौसेनालाई मृत्युदण्डको सजायविरुद्धको अपील स्वीकार

 

नयाँ दिल्ली । कतारको अदालतले भारतीय अपीललाई स्वीकार गरेको छ ।

 

जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजाय पाएका भारतीयहरू पूर्व अधिकारीको मुद्दामा कतारले अपील स्वीकार गरेको हो ।  

 

कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

 

कतारको अदालतले पुनरावेदनलाई हेरेर सुनुवाइको मिति तय गर्ने स्रोतले जनाएको छ । 

 

अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन। जसलाइ गत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो । 

 

 

प्रतिकृया दिनुहोस