• शनिबार-श्रावण-१२-२०८१

बनेपामा हाइलक्सले ठक्कर दिँदा महोत्तरीका राहुल घाइते

 

काभ्रे । काभ्रेको बनेपामा हाइलक्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा महोत्तरीका २० वर्षीय राहुल खतबे हुन् ।

 

२०८० मङ्सिर ४ गते अन्दाजी ७ बजे बनेपा नगरपालिका- ८, टेलिकम चोकस्थित धुलिखेलबाट साँगातर्फ आउँदै गरेको BAB ०८९३ नं. को हाइलक्स गाडीले बाटो क्रस गर्न लागेको  प्र.३-०२-०११ प ३५१० नं.को राहुल सवार मोटरसाइकललाई ठक्कर दिएको थियाे ।

 

गाडीकाे ठक्करबाट बाँया तिघ्रा र टाउकोमा चोट लागेको खतबेको बनेपास्थित शिरमेमोरियल अस्पताल उपचार भइरहेको खबर छ ।  

 

ठक्कर दिने हाइलक्सलाई प्रहरीले नियन्त्रणमा लिइ चालकलाई खतबेको उपचारमा संलग्न गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।

प्रतिकृया दिनुहोस