• शनिबार-श्रावण-१२-२०८१

प्रधान सेनापतिज्यू, सेनाभित्र यस्तो जात्रा कहिलेसम्म ?

 

हालसालै नेपाली सेनामा भावी सेनापति छनौटको लागि अति नै गाइजात्रा देखाईएको छ,  विवाद  चर्किंदै गइरहेको छ । दुई तारे जर्नेल ताराध्वज पाण्डेले राजीनामा लेखेको यसै पत्रिकाको अनलाइन संस्करणमार्फत पढ्न पाईयो । ताराध्वज पाण्डे र अर्का दुई तारे जर्नेल अशोक सिग्देलको एकै प्रकृतिको नागरिकता तथा शैक्षिक प्रमाण पत्र मुद्दाको छानबिन तत्कालीन प्रधानसेनापति  पूर्ण चन्द्र थापाको पालामा भएको भन्ने कुरा पनि पढ्न पाईयो ।

 

सो समयमा अहिलेका प्रधानसेनापति प्रभुराम शर्मालाई छानबिन समितिको बोर्डको अध्यक्ष बनाईएको रहेछ । छानबिनमाउपरथी सिग्देल पनि परेकाले कुनै हालतमा रथीमा बढुवा  गर्नु हुँदैन भन्ने प्रचार भइरहेको छ र यस बारेमा नेपाली सेनाले कुनै प्रतिक्रिया पनि दिएको छैन । यदि त्यस्तै प्रकृतिको हो भने  अशोक सिग्देलको कागज पत्रको बारेमा नेपाली सेना तत्कालै बोल्नु पर्छ । एउटा संस्थाको भावी नेतृत्वको लाइनमा रहेका व्यक्तिको वास्तविकता सेना र सरकार दुबैले स्पष्ट पार्नु जरुरी छ । 


उपरथी अशोक सिग्देलपछिका हाल यूएन फोर्स कमाण्डर रहेका अर्का जर्नेल निर्मल थापाको सर्टिफिकेट  पनि २ वर्ष अगाडि नै उनी सुदूर पश्चिम पृतनापति हुँदाखेरि नै विदेशी विश्वविद्यालय र अनलाईनबाट शैक्षिक प्रमाण पत्र प्राप्त गरेको शंकास्पद भनि पत्रिकामा लेखिएको थियो । यदि उनी पनि छनौटमा नपरेको खण्डमा शैक्षिक सर्टिफिकेट तथा नागरिकता  क्लिन भएको खण्डमा अर्का दुई तारे जर्नेल सन्तोष ढकाल भावी प्रधानसेनापति हुनेछन् भन्ने चर्चा पनि चलाइएको छ ।

 

इतिहासमा नाम लेखाउने सुवर्ण अवसर छ हालका प्रधान सेनापति प्रभुराम शर्मालाई नक्कली सर्टिफिकेट तथा नागरिकतामा उमेर सच्याउनेहरुलाई जरैबाट फालिदिने चाहे अहिले १० नम्बरको मान्छे क्लिन छ भने त्यसैलाई भावीप्रधानसेनापतिमा बनाउनेलाइनमा राख्नु प¥यो। तत्कालीन समयमा ताराध्वज पाण्डे जोगाउनेमा सही गरेकोले नैतिकताको आधारमा प्रधानसेनापति शर्माले पनि राजीनामा दिनु प¥योभन्ने आवाज पनि उठेको छ । नेपाली सेना जस्तो संस्था पनि अति भयो यस्तो गाईजात्रा । एकजना सिपाही बढुवा गर्दा सानोतिनो कैफियत भेटे त्यही झुण्ड्याएर मार्ला जस्तो गर्ने तुरुन्त जागिर खाईदिने प्रचलन छ ।  सेनाको त्यत्ति ठुलो विशिष्ट श्रेणीको ओहोदामा बस्ने उपरथी तरा ध्वज पाण्डेको कागज पत्र छानबिन गर्दा दोषी किन ठहर गरिएन र सम्मानपूर्वक जागिर खाने अवसर दिएर पेन्सन सहित घर पठाइयो ?  सेना र सरकार किन अपराध लुकाउने काम गर्छ ?

 

नेपाली सेनाका सिपाहीहरुलाई आफ्नो घरेलु नोकर(गुलाम) जस्तो गरेर मनपरी मुख छाडेर तँ तँ र म म गरेर बोल्ने सेनाका जर्नेलहरु नै गतिछाडा भएपछि भित्री मनैदेखि कसले पो सम्मान गर्छ ? त्यत्ति मात्रै होइन ढाँटछल गरेर कागज पत्र मिलाएर जागिर खाने खुवाउने, विशिष्ट श्रेणीमा बढुवा गर्ने अनि गरिब जनताले तिरेको करबाट पेन्सन सुविधा दिनु पर्ने यो अपराधको जिम्मा कसले लिने ? नेपाली सेनाभित्र यही हो लोकतान्त्रिकीकरण ?

 


 अहिले देखिएको समस्याको कारक तत्व नै  बढी मिडियावाजी मन पराउने तत्काली प्रधानसेनापति पूर्ण चन्द्र थापा कै नियत खराब र पदको दुरुपयोग गरेको देखियो । उनले चाहेको भए सबै नक्कली सर्टिफिकेट तथा नागरिकता सच्च्याउनेको जागिर खान सक्ने थिए । तर, आफूलाई मन परेकोलाई जोगाउने र अरुलाई फाल्ने काम किन गरेछन्?जसको उदाहरण एउटै प्रकृतिको अनलाईनबाट प्राप्त सर्टिफिकेट नयनराज दाहाललाई घर जान बाध्य पारियो भने हाल पाँच बाहिनीमा रहेका जर्नेल दीपेश जंग शाहलाई धेरै समय रोकेर हालै घर गएका रथी सरोज प्रताप राणाको कृपाले जर्नेल बनाईयो  । राणा आफै पनि पूर्ण चन्द्रको कृपाले  उमेर सच्याएर ३ तारे जर्नेल हुन सफल भएका थिए  ।

 

नेपाली सेनाभित्र संस्थागत सुधार भन्दा पनि काम न काजको पत्रिका तथा कमाण्ड मार्ग निर्देशनदेखि अनेक नोट तथा मोटा किताव छापेर विल मिलाउन सहज बनाउने काम र सानो कुरालाई ठुलो गराएर मिडियामा दिई दैनिक पत्रिकामा आफ्नो तस्बिर छपाउने काम मात्र गरेछन प्रधानसेनापति पूर्णचन्द्र थापाले भन्ने कुरा तरा ध्वज पाण्डेहरु उदाहरण हुन् । त्यो हिसावले अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा एकदम शान्त भएर बसेका छन् । प्रधानसेनापति शर्माले विगत २६ महिनामा मिडिवाजी गरेको चाहिं पाइँदैन, संस्थागत सुधारमा ध्यान गएको पनि पाइँदैन । 

 


साँच्चिनै सेनामा पारदर्शी रुपले छानबिन गर्ने हो भने हालका प्रधान सेनापति,रक्षामन्त्री र प्रधानमन्त्रीले नेपाली सेनामा अख्तियारले छानबिन गर्ने व्यवस्था गराउन किन हिम्मत गर्न सक्दैनन् ?

 


गण, गुल्म तथा विभागहरु प्रमुख भएर चलाएकाहरु र चलाउनु भनेकाहरु पनि प्रहरीले भन्सार र शहरी इलाका आफ्ना हाकिमलाई ठेक्का लगाए जस्तै भएका छन् नेपाली सेनाका जर्नेल, कर्णेलहरु पनि । विगत र वर्तमानका सेनाका जर्नेल, कर्णेलहरुका सम्पत्ति कडाईका साथ छानबिन गर्ने हो भने भ्रष्टाचारबाट आर्जेको  सम्पत्ति छर्ल¨ हुन्छ । बादर लड्ने भिरमा घर भएकाहरु गुल्म, गण, पृतना, बाहिनी चलाउने अवसर पाउने वित्तिकै काठमाण्डौंमा घर जग्गा, कारकिनेर मोजमस्ती गर्नकसरी सक्षम हुन्छन् ? कतिपय जर्नेलहरु खालि खुट्टा जागिर खान आएकाहरु अर्वपति भएर घर जान्छन् । 

 


नेपाली सेनालाई पनि अन्य निका जस्तो भ्रष्टहरुको संस्था भन्दा बाहिर राख्ने हो भने सेनाका प्रत्येक अधिकृतहरुको कडाईका साथ सम्पत्ति छानबिन गरियोस्। सेनामा सुधार हुन नसकेको कारण सिपाहीहरुलाई शोषण गरेर, चुसेर खान पल्किएका र गैरकानूनी रुपमा सिपाहीलाई आफ्नो दास जस्तो बनाएर आफ्नो र परिवारको समेत भित्री बस्त्र, मोजा धुन लगाउने ८० प्रतिशत अधिकृतहरुको प्रवृत्ति छ । नेपाली सेनामा अझै एक पाना कागजमा निवेदन लेख्न र राम्रोसँग बोल्न नसक्ने अधिकृत धेरै छन्। यस्ताको छानबिन गरियोस् । शुद्धीकरण अभियान सुरु गरियोस् ।             –नेपाली सेनाको भलो चाहने अधिकृतहरु    
 

प्रतिकृया दिनुहोस