• शनिबार-श्रावण-१२-२०८१

सेयर बजार सामान्य अंकले बढ्यो

 

काठमाडौं । तिहार तथा छठ पर्वको बिदपछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ । 

 


सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ । 
 

प्रतिकृया दिनुहोस