• शनिबार-श्रावण-१२-२०८१

राशि कि नक्षत्रमा आधारित ज्याेतिष मान्य ?

 

महोत्तरी ।  ज्योतिषहरुले किन गलत भबिस्यबाणी गर्छन ? के फेसवुकमा लाइभ बसेर गर्ने भबिस्यबाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रको नाममा भएका भबिस्यबाणी के हुन ? 

 

आइतबार महोत्तरीको एक होटलमा ज्योतिषीहरुको राष्ट्रिय बृहत भेलाका बिचमा  यस्ता अनेकौ प्रश्नहरु राखिए । यही क्रममा  लक्ष्मण भण्डारी जुरुक्क उठे अनि एकैपटक भने, `यी सबै प्रचारप्रसारको लागी गरिएका फेक कुराहरु हुन ।´

 

झापावाट कार्यक्रममा सहभागी हुन आएका अर्का ज्योतिषी अर्जुन उप्रेतिले ज्योतिषीको बिषयमा सामाजिक सञ्जालमा सरकारको नियमन हुन नसक्दा विकृतिहरु बढदै गएको धारणा राखे । ज्योतिषशास्त्र विज्ञानसम्मत भएको र बैदिक ज्योतिषको नाममा बिकृतिहरु बृद्धि हुँदै गएको उनिहरुले एकसाथ तर्क गरेका छन् । 

 

उनीहरुले यी तर्क गरे पछी कुन चाँही ज्योतिषको फलादेश सतप्रतिशत हो ? भन्ने बिषयमा अतिथिहरुले यसभित्रको भिन्नता बुझ्न खोजे । त्यसपछी उक्त छलफलमा ज्योतिषी भित्रको कृष्णमूर्ति पदतिको विषयमा लामो छलफल भयो । 

 

बैदिक ज्योतिषीहरु राशिमा आधारित हुने र कृष्णमूर्ति ज्योतिषीहरु नक्षत्रमा आधारित हुने भएकाले कृष्णमूर्ति पदती सबैभन्दा प्रभावकारी भएको उनीहरुले निष्कर्ष पेश गरे । अथितिहरुले उनीहरुका कुरा अझै पत्याउन सकेनन । त्यसपछि कृष्णमूर्ति पद्दतिको बैज्ञानिक आधारहरु के -के हुन भनेर हलमा उत्तर खोज्न थालियो । 

 

झापावाट आएका बुद्धि भट्टराईले आफू विज्ञानको विद्यार्थी भएको र कलेजमा केमिस्ट्री पढाउने गरेको परिचय दिदै ज्योतिषमा कृष्णमूर्ति पदती विज्ञानसंगत भएको दाबी गरे । छिटो, छरितो र सरलसगैँ ९ ग्रहमा आधारित हुदाँ यसभित्र थुप्रै बैज्ञानिक आधारहरु भएको तर्क पेश गरे । भट्टराईको कुरा सकिन नपाउदै कृष्णमूर्ति ज्योतिष परिषदका केन्द्रिय उपाध्यक्ष देविप्रसाद सुवेदीले उनका र्कहरुमा ऐक्यबद्धता जनाउदै प्रमाणित भएका हरेक तथ्यहरु बैज्ञानिक भएको बताए ।

 

`त्यसैले यो कृष्णमूर्ति पद्धती पनि तथ्यमा आधारित भएकाले वैज्ञानिक छ,´ उनले भने । कृष्णमूर्ति दक्षिण भारतका प्रख्यात भबिष्यवेता हुन । राशिमा आधारित बैदिक ज्योतिष भन्दा नक्षत्रमा आधारित ज्योतिष प्रभावकारी र बिस्वसनिय भएको उनले निष्कर्ष निकालेकाे जानकारी दिइएकाे छ ।

 

भारतमा ज्योतिषहरुले अहिले कृष्णमूर्ति प्रक्रिया नै अवलम्बन गर्दै आएका छन । नेपालका प्रसिद्ध ज्योतिषी लक्ष्मण भण्डारीले कृष्णमूर्ति अर्थात नक्षत्रमा आधारित ज्योतिषी विद्याको गहन खोजी गरेका थिए । खोजीका क्रममा अत्यन्त प्रभावकारी भएको निष्कर्षमा पुगे पछी उनले नेपालमा पनि यसकाे सुरुवात गर्न अभियान नै चलाए । 

सामाजिक संजालका माध्यमवाट र प्रत्यक्ष भेटेर रुचि भएका व्यक्तिहरुलाई यो विद्या  सिकाउन तिर लागेकाे जानकारी पनि दिइएकाे छ । यही क्रममा दिक्षित भएका ज्योतिषीहरुलाई समेटेर कृष्णमूर्ति ज्योतिष परिषदको जन्म भएको हो । यसकाे अध्यक्ष स्वयम् भण्डारी छन । कृष्णमूर्ति प्रक्रिया अन्तर्गत २ सय भन्दा बढी ज्योतिषीलाई पढाइ सकिएको बताउदै ज्योतिषी भित्रका बिकृतिहरुलाई चिर्दै बिश्वसनियता कायम गर्न यो नै उत्तम भएको भण्डारीको भनाई छ ।

 

कृष्णमूर्ति ज्योतिषी मात्र नभएर पुर्विय बिज्ञान नै भएको कतिपय ज्योतिषीहरुको तर्क छ । ग्रहका कारण प्रतिफल योग भएकाहरुले जिम्मेवारी भन्दा बाहिर गएर सेवा गर्नुपर्ने बताउछन । जस्तै बाबू-आमाको पालनपोषण जिम्मेवारी भएको हुदाँ यसलाई सेवा भन्न नमिल्ने तर अनाथ, असहायहरुलाई गर्ने सहयोग भने सेवा भएको ज्योतिषीहरु बताउँछन । यस्ता कर्म गरे ग्रह अनुसार रहने दशा समेत न्यूनीकरण हुने उनिहरुको भनाइ छ ।

बैदिक अध्ययन गरेर ज्योतिषी बन्न नसक्ने बताउदै नक्षत्रको अध्ययन अनिवार्य भएको कृष्णमूर्ति ज्योतिष परिषदको ठहर छ ।

 

ज्योतिषशास्त्रको बिषयमा युरोपियनहरुले नेपालको नै प्राचीन, बैदिक प्रणालीलाई नयाँ ढंगले अनुसन्धान गरेर निष्कर्षमा पुगेको बताउदै नेपालका ज्योतिषशास्त्रीहरु अझै पुरानो ढाँचामा नै रहेको कृष्णमूर्ति ज्योतिष परिषदमा आवद्ध ज्योतिषहरुको बुझाइ छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस