• मंगलबार-फाल्गुण-२७-२०८१

नेपाली सेनामा राजनीतिक चलखेल नगर्न शेखर कोइरालाको चेतावनी

माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग ?

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । उनले नेपाली सेनामा त्यस्तो गलत कार्य गर्न नहुने भन्दै त्यस किसिमको प्रयासको आलोचना गरेका छन् ।


नेता कोइरालाले आज २०८० असाेज २८ गते  बिहान सामाजिक सञ्जालमा एक्समा सेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन्।


नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको संस्था भएकाले यसलाई सधैँ राजनीतिबाट अलग राख्नुपर्ने कोइरालाको धारणा छ ।


कोइरालाले लेखेका छन, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”

 

प्रतिकृया दिनुहोस