• शनिबार-श्रावण-१२-२०८१

शान्ति सेनाका लागि आवश्यक बख्तरबन्द गाडी खरिद गर्न कसले रोक्यो ?

सम्भार रथीका लेखापालले ठेकदारलाई हैरान पारे


श्री सम्पादकज्यू, साँघु साप्ताहिक, नमस्कार ।

  नेपाली सेनाका सिपाहीको समस्या हजुरले आफ्नो साँघु साप्ताहिक पत्रिकामा र सा“घु न्यूज डटकममा प्रकाशित गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

 

साँघु साप्ताहिकमा सिपाहीको पीरमर्का समस्या छापि दिंदा नेपाली सेनामा केही सुधार र कारवाहीहरु भएका छन् । साथै माथिल्लो तहबाट सुनुवाई पनि भएका छन ।

 

आज चाहिं हामीले हामी सामान सप्लायर्स पीडित ठेकेदारहरुको केही गुनासो पठाएका छांै । यसलाई पनि छापि दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।


प्रधानसेनापतिज्यू ! यी बेथितिलाई तत्काल समाधान गर्न अनुरोध गर्दछौं  ।


नेपाली सेनाको खरिद निकाय हेर्ने सम्भाररथी विभागका केही अधिकृत र लक्ष्मण  लेखापालको खराब नियत गर्दाले हामी सामान सप्लाई गर्ने सप्लायर्सहरु त्रसित छौं । निजले जर्नेल, कर्णेलहरुको आडमा खोलुवा सम्पन्न भई सकेर नियम अनुसार भुक्तानी माग गरेको फायलहरु लामो अवधिसम्म थन्काउने र समयमा भुक्तानीको लागि सम्वन्धित ठाउँमा पत्राचार नगर्ने गरेको धेरै भई सक्यो ।

 

निजले  सामान डिपो दाखिला गरेको निकायबाट फायल आए पछि सम्वन्धित सप्लायर्सबाट भुक्तानी रकममा पर्सेन्टेज मागेर हैरान पार्ने  गरेको छन् । कतिपय सप्लायर्सलाई हाकिमलाई बुझाउनु पर्छ भनि माग्ने गरेको कारण हामी हैरानीमा छौं । निजले सम्भाररथी विभागका हाकिमहरुले भेट्न चाहेको सप्लायर्सलाई बाहिर अनुकुल ठाउ“हरुमा भेटाउने चा“जोपा“जो समेत मिलाउने र भेट्न नचाहनेहरुलाई रकमको फायल रोकेर हैरान पार्ने गरेका छन् ।

 

हाल निजको सरुवा अन्तै भएको लामो अवधि भए पनि नेपाली सेनाका सूचीकृत सप्लायर्सहरुसंग दशैं खर्च उठाउनको लागि जर्नेलहरुकै चाहनामा उनी त्यही अफिसमा बसिरहेका छन् । जबकि उसको ठाउ“मा आएको लेखापाललाई मूर्ति झैं बनाएर राखिएको छ ।

भन्न त निज लेखापालले बाबु बिरामी भएर सरूवा भएको युनिट नगएको भन्दा रहेछन । बाबु विरामी भएर अस्पताल भर्ना गरेको लेखापाललाई सम्भाररथी जस्तो व्यस्त, संवेदनशील  निकायमा नराखी अस्पताल मै वा अस्पतालको नजिकको युनिटमा काज राखेको भए निजको बाबुको उपचारमा राम्रोसंग रेखदेख गर्न सक्थे कि ?


 जर्नेलहरुको नाम लिएर पैसा उठाउन व्यस्त उनीमात्र त्यस अफिसमा एक्लो होईनन् अधिकृत लेभलकै कतिपय व्यक्तिहरुले चिफको अफिसमा र जर्नेलहरुलाई यति बुझाउनु पर्छ भनि सप्लायर्सहरुलाई टेण्डर हुनु अगाडि देखिनै क्यालकुलेटर प्रतिशत थिचेर देखाउने गरेका छन् । जसका कारण हामी साहै्र पीडित भएका छौं ।


त्यसैगरी शान्ति सेनाको लागि चाहिने बख्तरबन्द गाडीहरुको खरिदमा समेत नाम जी टु  जी काम चाहिं मोटो कमिशनका लागि सेटि¨ मिलाएर पावरफुल कांग्रेसका नेताका भाईले काम उम्काउ“दा हाल त्यसको एलसी खुल्न सकेन कारण थियो सबै ठाउ“मा कमिशनकोधागबण्डा  नपुग्नु ।


 उक्त गाडी खरिद हुन नसक्दा युएनमा नेपाली सेनाको छवि विग्रिएको छ । फौज माग भएको तर बख्तरबन्द गाडीको व्यवस्था नहु“दा फौज मिशनमा लान नसकेको कारण नेपालले ठुलो बदनामी भोगी रहेको छ । यो बद्नामीको न रक्षा मन्त्री न प्रधानमन्त्रीलाई चिन्ता छ न राष्ट्रपतिलाई । सेना र सरकारनै कमिशनमा फसेपछि कसैको केही नलाग्ने रहेछ भन्ने पुष्टि भई सक्यो ।

 

प्रधान सेनापतिज्यू ! देशको ईज्जत र गौरब बढाउने यस संस्थालाई धराशायी नबनाउको लागी सरकारलाई दबाब दिनुस् र जी टु जी होईन आवश्यक सामानहरु खरिद गर्नको लागि ऐन, नियम अनुसारको टेण्डर आव्हान गर्नुस् यसो गर्नाले न भारत भन्नु प¥यो न चाईना भन्नु प¥यो न अमेरिका जो स्पेक अनुसार, नियमसंगत टेण्डर लिएर आउंछ काम गर्छ । हाम्रो देशको शान्ति सेनाको गौरबलाई डुब्न नदिनुस् चिफ सा’ब ।


–पीडित ठेकेदारहरु  

 

प्रतिकृया दिनुहोस