घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएवापत घुस लिने सबइन्जिनियर बिजयालक्ष्मी पन्त पक्राउ
काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गरेको अवस्थामा सब-इन्जिनियरलाई पक्राउ गरेको छ ।
आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस