• शनिबार-श्रावण-१२-२०८१

विजय स्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको छैन

  

ऐतिहासिक महत्व बोकेको र काठमाडौं महानगरपालिकाद्वारा नमुना विद्यालय घोषणा भएको कामपा २९, डिल्लीबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयका सम्बन्धमा आर्थिक अनियमितता भएको भनी मिति २०८० भदौ ५ गते त्यस (www.sanghunews.com) मा प्रकाशित समाचारका सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गत असार ३० गते कामपाको महानगर सभाले विद्यालय व्यवस्थापन समितिहरू विघठन गर्ने निर्णय पश्चात् हतोत्साहित बनेका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षले विद्यालयको लेखा परीक्षण (General Audit) नै रहेको अवस्थामा त्यसलाई समेत प्रभाव पार्ने गरी जुन जुन शीर्षकमा अनियमितता भएको भनी सामाजिक परीक्षणको हवाला दिइएका छन्, तत् तत् विषयहरूमा विद्यालयको लेखाशाखामा प्रमाणित बिल भर्पाइहरू, नीतिगत निर्णयहरूको निर्णय पुस्तिका तथा अन्य आवश्यक कागजातहरू विद्यालयमा सुरक्षित रहेको गराउँदछु ।

 

आर्थिक अनियमितता भएको भनिएको उक्त सामाजिक परीक्षण नै कानून बमोजिम कानून त्रुटिपूर्ण आर्थिक अनियमितता भएको रहेको र तोकिएको समय गत कार्तिक मसान्त मित्र भैसक्नु पर्नेमा त्यस समय भित्र पनि नगरेको हुनाले विद्यालयका प्रधानाध्यापकबाट पटक पटक ताकेता गर्दा पनि ज्यादै विलम्ब गरी बदनियत पूर्वक २०८०/०२/१८ गते मात्र प्रस्तुतीकरण गरिएको थियो । उक्त सामाजिक परीक्षण प्रतिवेदन आवश्यक प्रक्रिया समेत नपुर्‍याई तयार पारिएको व्यहोरा जानकारी गराउँदछु ।


माथिको सन्दर्भमा, त्यस sanghunews.com मा प्रकाशित गरिएको समाचार प्रति स्पष्ट पार्दछु ।


० काठमाडौं महानगरपालिका नगरसभाले काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ संशोधन प्रस्ताव पारित भए संगै विजय स्मारक माध्यमिक विद्यालयको वि.व्य.स.मात्र विघटन नभई काठमाडौ महानगरपालिकाको सम्पूर्ण विद्यालयका वि.व्य.स.विघटन भएको घटनालाई समेत नबुझी एकतर्फी रुपमा आफू मात्र रहेको विद्यालयको तत्कालीन विद्यालय व्यवस्थापन समिति विघटन भएको ठानी विद्यालयका प्र.अ., लेखापाल तथा महानगरपालिकासँग रुष्ट भई विद्यालयको गरिमामा आँच पुग्ने गलत समाचार सम्प्रेषण गरेको व्यहोरा जानकारी गराउँदछु ।


० सामाजिक परीक्षण समितिका संयोजक समेत रहेका ईश्वर ज्ञवाली उर्फ ईश्वरी ज्ञवालीले आर्थिक वर्ष २०७८/७९ मा तयार पारेको सामाजिक परीक्षण प्रतिवेदन कानुनी रुपले त्रुटिपूर्ण र प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षहरु नै विरोधाभाष पूर्ण रहेको व्यहोरा जानकारी गराउदछु । यो विषयलाई प्रमाणित गर्ने आधार विद्यालय प्रशासनसँग सुरक्षित छ ।


० विद्यालय व्यवस्थापन समितिले गठन गरेको समितिको आफैं संयोजक रहेका ईश्वरी ज्ञवालीले गरेका विद्यालयका विविध शैक्षिक सामाग्री तथा उपकरण आदि खरिद गर्न मिति २०७९/४/२२ मा उनको संयोजकत्वमा बसेको बैठकले गरेका त्रुटिपूर्ण निर्णय प्रधानाध्यापकले नमानेको हुनाले नै विद्यालय प्रशासन प्रति रुष्ट भई हाल आएर आफ्नो गल्तीलाई ढाकछोप गरी त्यसबाट आफु उम्किन विद्यालय प्रशासनलाई अनियमितताको आरोप लगाउँदै हिंडेका हुन् । यस निर्णयको निर्णय पुस्तिका विद्यालय प्रशासनसँग सुरक्षित रहेको व्यहोरा जानकारी गराउँदछु ।


० कोभिड–१९ का बखत विद्यालयले प्रदान गरेको शिक्षक खाजामा कुनै अनियमितता नगरेको व्यहोरा जानकारी गराउँदछु र त्यस सम्बन्धीको दैनिक शिक्षक हाजिरी, खाजाको सक्कल बिल भरपाई विद्यालयको लेखाशाखामा रहेको व्यहोरा जानकारी गराउँदछु । साथै खर्च भइसकेका सम्पूर्ण सक्कल बिल भरपाई आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणको क्रममा रुजु भइसकेको व्यहोरा समेत जानकारी गराउँदछु ।


० खाजा नखाएको र उक्त अवधिको खर्च नलिएको तर विद्यालयले वर्ष उल्लेख गरेको भन्दै १५ जना शिक्षकहरुले महानगरपालिकामा लिखित जानकारी गराएको भनी प्रकाशित समाचारको सम्बन्धमा नेपाल सरकारले स्मार्ट लकडाउन घोषणा गरेको समयावधिमा पनि विद्यालयबाट अनलाइन कक्षा सञ्चालन भइरहेको र शिक्षकहरुलाई पनि आलोपालो (जोर बिजोर) प्रणालीमा विद्यालयमा उपस्थिति भई कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको र उक्त प्रणाली अनुसार उपस्थित हुने शिक्षकहरुले खाएको खानाको वित्त भरपाई विद्यालय प्रशासनसँग रहेको व्यहोरा जानकारी गराउँदछु ।


० आर्थिक अनियमितताका सम्बन्धमा सम्बन्धित निकायमा परेको उजुरी र सो उजुरीका सम्बन्धमा सम्बन्धित निकायले यस विद्यालय प्रशासन समक्ष छानविनका लागि आवश्यक पर्ने सम्पूर्ण सक्कल कागजातहरु समेत अध्ययन गरिसकेको व्यहोरा जानकारी गराउँदछु ।


राज्यको चौथो अंग मानिएको संस्थाले सत्य तथ्य बुझेर प्रमाणित समाचारमात्र प्रकाशित गर्नुपर्नेमा त्यसो नगरी एकपक्षीय र पूर्वाग्रहपूर्ण सूचनाका आधारमा विद्यालयको गरिमामा आँच पुग्ने समाचार प्रकाशित गरेकोमा दुखः व्यक्त गर्न चाहन्छु ।

 

साथै समाचार प्रकाशित गर्नु अघि सत्य, तथ्य बुझेर मात्र प्रकाशित गर्नु हुन बिनम्र अनुरोध गर्दै आगामी अंकमा भुलसुधार अन्तर्गत माथिका तथ्यका आधारमा खण्डन प्रकाशित गरिदिनु हुन समेत अनुरोध गर्दछु । यदि यस सम्बन्धमा कुनै द्विविधा भएमा विद्यालयको सम्पूर्ण आयव्यय विवरण तथा निर्णयहरू पारदर्शी रहेको र हेर्न चाहेमा विद्यालय समयमा देखाउन सकिने समेत जानकारी गराउँदछु ।    – डिल्लीप्रसाद शर्मा ढकाल, प्रधानाध्यापक

 

प्रतिकृया दिनुहोस