• बुधबार-मङ्सिर-१९-२०८१

नेपाली सेनाका १० जना जर्नेलहरुको सरुवा

काठमाडौं । नेपाली सेनाले विभिन्न युनिटमा कार्यरत १० जना सहायक रथी(जर्नेल)हरुको सरुवा गरेको छ । २०८० साउन १६ गतेबाटै लागु हुने गरी सरुवा गरेको स्रोत बताउछ । सैनिक स्रोतका अनुसार, शान्ति कार्य निर्देशनालयमा कार्यरत सन्तोष बल्लभ पौडेलको सरुवा चिफ अफ स्टाफ पश्चिम पृतना हेडक्वार्टरमा भएको छ । उत्तर पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी मधुकर सिंह कार्कीको सरुवा केन्द्रपति, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा भएको छ ।

 

पश्चिम पृतना हेडक्वार्टर(काज, वीरेन्द्र अस्पताल)सहायक रथी ध्रुव प्रकाश शाहको सरुवा सैनिक सचिव विभाग(अतिरिक्त समूह) (काज, वीरेन्द्र अस्पताल), आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी प्रेम बहादुर पुन, निर्देशक शान्ति कार्य निर्देशनालय(आपूर्ति तथा परिवहन निर्देशनालयको कार्य समेत हेर्नेगरी दोहोरो जिम्मेवारी दिइएको छ ।


  सुदूर पश्चिम पृतना हेडक्वार्टर(काज, राष्ट्रिय प्रतिरक्षा महाविद्यालय)मा कार्यरत सहायक रथी टंक प्रसाद भट्टको सरुवा सैनिक सचिव विभाग(अतिरिक्त समूह) (काज, राष्ट्रिय प्रतिरक्षा महाविद्यालय)मा भएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका सहायक रथी भोला थापा(काज, नं. १७ बाहिनी अड्डा) बाहिनीपति १७ नम्बर बाहिनी अड्डा सरुवा भएको छ ।


नं. १८ बाहिनी अड्डा(काज, उत्तर पश्चिम बाहिनी अड्डा हेडक्वार्टर)मा कार्यरत सहायक रथी सन्तोष पाण्डेको चिफ अफ स्टाफ उत्तर पश्चिम पृतना  हेडक्वार्टरमा भएको छ । १७ नम्बर बाहिनी अड्डा(काज, पश्चिम पृतना  हेडक्वार्टर) सहायक रथी लक्ष्मण थापाको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएको छ ।

 

चरक बाहिनी (काज, सुदूर पश्चिम पृतना  हेडक्वार्टर)का सहायक रथी सुरत रावलको चिफ अफ स्टाफ सुदूर पश्चिम पृतना  हेडक्वार्टरमा भएको छ ।

 

राष्ट्रिय सुरक्षा परिषद सचिवालय(काज, मध्य पश्चिम पृतना हेडक्वार्टर)मा कार्यरत सहायक रथी माधव थापाको निर्देशक, सैनिक सामग्री प्राप्ती निर्देशनालय (काज, मध्य पश्चिम पृतना  हेडक्वार्टर)मा भएको छ ।        

 

प्रतिकृया दिनुहोस