• शनिबार-श्रावण-१२-२०८१

स्विस नेसनल बैंकमा एकै वर्षमा भ्रष्ट नेपालीकाे थपियाे रू.२४ अर्ब कालाे धन !

स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकहरूमा सन् २०२१ सम्ममा नेपालीले जम्मा गरेको पैसा १७ करोड ५८ लाख ६५ हजार स्विस फ्र्यांक अर्थात् करिब २२ अर्ब ७३ करोड रुपैयाँ रहेकामा सन् २०२२ मा यो बढेर ३६ करोड ८ लाख २२ हजार स्विस फ्र्यांक अर्थात् ४६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

 

    यो रकम कसको र कति जना नेपालीको हो भन्नेबारे बैंकले सार्वजनिक नगरे पनि यसलाई नेपाल सरकारले भने गम्भीर सरोकारको विषय बनाउनुपर्छ ।

 

    स्विस बैंकमा एक वर्षको अवधिमै नेपालीहरूको पैसा झन्डै २४ अर्ब रुपैयाँ थपिनु, जम्मा भएको देखिनु आफैंमा आश्चर्यजनक संकेत हो।

 

    यो पैसा कसको र कुन स्रोतबाट आर्जित हो, अनि कसरी जम्मा गरियो भन्ने पक्ष गोप्य नै भए पनि यसले एउटा पोल भने अवश्य खोलेको छ। एकै वर्षकाे बिचमा नेपालमा आर्थिक अपचलनको अवस्था भयावह रहेछ।

 

    उक्त रकम कुन स्रोतबाट कसले जम्मा गरेको हुन सक्छ भनेर हाम्रो राज्य संयन्त्रले अनुसन्धान गर्नुपर्छ। अन्यथा गैरकानूनी आर्जन बढिरहने र स्विट्जरल्यान्ड लगेर पैसा जम्मा गर्ने प्रवृत्ति झनै नझांगिएला भन्न सकिँदैन ।

 

    एक वर्षमै नेपालीको झन्डै २४ अर्ब रुपैयाँ थपिनु स्वाभाविक हुँदै होइन। त्यसैले यो चिन्ताको विषयप्रति नेपालका जिम्मेवार निकाय तथा नेतृत्व पनि चिन्तित हुनुपर्छ।

 

    जिम्मेवार प्रमुख राजनैतिक पार्टीहरुले यत्रो रकम नेपालीहरुबाट भ्रष्टाचार गरी चोर बाटोबाट जम्मा गर्दा कुनै आवाज ननिकालिनुले कतै हाम्रै राजनैतिक पार्टीका नेताहरु समेत सहभागी छन कि भन्ने प्रश्न चिन्ह खडा भएको छ।

    समयमै सम्बन्धित निकाएको चेतना भया ।

    स्नेही-
    लण्डनबाट

 

प्रतिकृया दिनुहोस