• शुक्रबार-असोज-२५-२०८१

भाेलि देखि सामुदायिक बिद्यालय अनिश्चितकालीन रूपमा बन्द हुने

विद्यालय कर्मचारीहरुको सेवा र पेशागत स्थायित्वको माग राख्दै आन्दोलन

 

काठमाडौँ, २ असार । भाेलि देखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले २०८० असार ३ गते आइतबार देखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो । 


बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन  ।


परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखि आन्दोलन गर्दै आइरहेको छ ।

 

आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भइसक्दा समेत आफनो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

 


आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट वक्तव्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो । 

 

 

प्रतिकृया दिनुहोस