• शुक्रबार-बैशाख-७-२०८१

ख्वप कलेजमा सकियो दुईदिने राष्ट्रिय सम्मेलन

 

भक्तपुर, १४ जेठ । विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको दुईदिने तेश्रो राष्टिय सम्मेलन आइतबार सम्पन्न भएको छ । वर्तमान चुनौतीको सम्वोधन गर्ने बहुआयामिक अवधारणा विषयमा भएको सम्मेलनमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायतका विषयमा ८० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएको थियो । 

 

सम्मेलनमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला शैक्षिक संस्थाहरुले अनुसन्धानका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिए । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सड्ढायका डीन प्रा.डा. कुसुम शाक्यले सम्मेलनले नयाँ तथ्य पत्ता लगाउन सहयोग पुगेको बताउंदै अनुसन्धान सैद्धान्तिक र व्यवहारिक दुवै ढंगबाट अगाडि बढाई त्यसबाट निस्केको निष्कर्षलाई व्यवहारिक रुपमा प्रयोगमा पनि ल्याउनु आवश्यक भएको बताए ।

विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि डा. प्रमोद पौडेलले यस आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धानको लागि ४०० वटा निवेदन परेकोमा २०० वटा अनुमोदन भएको र त्यसमा ख्वप कलेज पनि पर्न सफल भएको जानकारी गराए ।

 

उनले समाजका चुनौतीहरु सम्बोधनका लागि अध्ययन अनुसन्धानहरु सञ्चालन गरिने बताउंदै नेपालमा वर्षेनी ४० देखि ४५ करोड रकम अनुसन्धानको लागि खर्च भइरहेको तथ्य प्रस्तुत गरे ।

 

यसअघि सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस