• शुक्रबार-बैशाख-७-२०८१

त्रिनगर ब्यारेलबाट लागूऔषधसहित एक जना पक्राउ

 

धनगढी, १४ जेठ । कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

 

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट २ सय ७० मिलिग्राम लागूऔषधसहित २६ वर्षीय सन्तोष शाही पक्राउ परेका हुन् । उनी धनगढी उपमहानगरपालिका–२ का स्थानीय हुन् ।

 

शाहीलाई आइतबार दिउँसो प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

 

 

प्रतिकृया दिनुहोस