काठमाडौं, १४ जेठ । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएर आज तेस्रो स्थानका लागि खेल्न आईपुगेको हो । यस अघि पनि नेपाल भारतसँग पराजित हुन पुगेको थियो ।
प्रतिकृया दिनुहोस