• शुक्रबार-बैशाख-१४-२०८१

मेस्सीले गरेको गोलले यस सिजनको 'फ्रेन्च लिग'को उपाधि पीएसजीलाई

 

काठमाडौं, १४ जेठ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । 


स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जित हासिल गरेको हो । यो जितसँगै पीएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो । 


पीएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राति भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

 

तर, घरेलु टोली पिएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन । खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो ।

 

यस बराबरीसँगै पीएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ ।

 

 


 

प्रतिकृया दिनुहोस