• शुक्रबार-बैशाख-७-२०८१

मन्त्री सुदन किराँती राम्राे गर्दै सल्लाहकार भनिने र पीएहरु चलखेल गर्दै ?

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती भ्रष्टाचारविरुद्धको अभियान सक्रिय भएर मातहतका विभाग र निकायका प्रमुखलाई स्पष्टीकरण सोधिरहेका छन् । नेपाल वायुसेवा निगम, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतका विभिन्न निकायलाई स्पष्टीकरण सोधेका थिए । त्यही स्पष्टीकरणपछि वायुसेवा निगमले अनलाईन टिकटदेखि उडानमा समेत सुधार गरेको मन्त्री किराँतीको दाबी रहेको छ ।

 

हायात होटलले स्पष्टीकरण बुझाएको महिनाभन्दा धेरै भइसकेको छ । तर, मन्त्री किराँती उक्त विषयमा के गर्ने भन्ने अन्यौलमा रहेका छन् । विनातयारी स्पष्टकीरण सोधेका मन्त्री किराँतीले राजनीतिक र व्यापारिक दबाबका कारण उक्त निर्णय लिन नसकेका हुन् कि भन्ने चर्चा हुन थालेको छ ।


  निगमले नयाँ गन्तव्यमा मा हप्तामा दुईवटा उडान अष्टेलिया गर्ने पनि तयारी गरेको छ । उक्त सहमति अनुसार काठमाडौंदेखि सिड्नी उडानका लागि समय निश्चित भइसकेको छ । मन्त्री किराँतीको प्रयासअनुसार पर्यटन क्षेत्रमा केही सुधार भने भइरहेको महसुस हुन्छ ।


तर, मन्त्री किराँतीको उक्त प्रयासमा उनकै सचिवालयका केही मान्छेले भने अस्वभाविक आर्थिक चलखेल गर्न थालेको स्रोतको दावी छ । मन्त्रालयमा चलेको गाईगाई अनुसार उनले सल्लाहकार भनेका वा सहयोगी भनिएका तर औपचारिक नियुत्ति नदिएका केही व्यक्तिले नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल नागरिक उड्यडन प्राधिकरणलगायतका निकायबाट पनि आर्थिक लाभको प्रयास गरिरहेका छन् ।

 

बोर्डबाट वृत्तचित्रका लागि पैसा लिनेदेखि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग दिनरात विताउने गर्न थालेकाे खबर ५ । मन्त्री किराँती नजिक रहेका उनीहरुको विषयमा मन्त्रालयभित्र निकै प्रश्न उठेपनि स्वयम किराँतीले भने वेवास्ता गरिरहेका छन् ।


 त्यसो त, मन्त्री किराँतीको निजी सचिव रहेका उपसचिव डिजेन भट्टराईमाथि पनि प्रश्न उठेको मन्त्रालय स्राेत बताउछ । शक्तिको आधारमा सगरमाथा आरोहणको लिजियन अफिसर भएको तर सगरमाथा आधारशिविरसमेत नपुगी फर्केर पैसामात्रै बुझेको आरोप लागेको छ ।  त्यसैले, अहिले मन्त्री इमान्दार हुन खोजेपनि उनको सचिवालयले बदनाम गराउन खोजेको पनि चर्चा चल्न थालेको छ ।


यता, किराँतीले हायात होटलको जग्गा प्रकरण सल्टाउन स्पष्टीकरण सोधेका थिए । हायात होटलले स्पष्टीकरण बुझाइसकेको छ । २७ वटा प्रश्न सोधेर मन्त्रालयले हायातलाई सम्झौता अनुसार काम काम किन नभएको भन्दै प्रश्न उठाएको थियो ।


   त्यसको जवाफ हायात होटलले स्पष्टीकरण बुझाएको महिनाभन्दा धेरै भइसकेको छ । तर, मन्त्री किराँती उक्त विषयमा के गर्ने भन्ने अन्यौलमा रहेका छन् । विनातयारी स्पष्टकीरण सोधेका मन्त्री किराँतीले राजनीतिक र व्यापारिक दबाबका कारण उक्त निर्णय लिन नसकेका हुन् कि भन्ने चर्चा हुन थालेको छ ।

 

प्रतिकृया दिनुहोस