• शनिबार-बैशाख-८-२०८१

काभा महिला भलिबल : नेपाल आज सेमिफाइनलमा काजकस्तानसँग भिडदै

 

काठमाडौं, १२ जेठ । काभा महिला भलिबल च्यालेन्ज कपको आज सेमिफाइनलमा नेपाल काजकस्तानसँग सेमिफाइनल भिड्नेछ । 

 

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

 

बुधवारकाे खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समूह उपविजेता बनेको हो भने समूह 'बी' को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

 

समूह 'ए' को उपबिजेता नेपाल र समूह 'बी' को बिजेता कजकस्ताबीचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । 

 

 

 

 

 

प्रतिकृया दिनुहोस