• शुक्रबार-चैत-१६-२०८०

२०४७ साल यताका मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न वामदेवको माग

 

काठमाडौं, १० जेठ । राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

 

नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध भएको उनले बताए । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले त्यसमा संलग्न जोकोहीलाई नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।

 

२०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो । सांसद गौतमले सरकारले सो प्रकरणका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस