• बिहीबार-बैशाख-१३-२०८१

त्रिभुवन विमानस्थलमा कीर्तिमानी आरोही हरि बुढामगरको भव्य स्वागत (फोटोफिचर)

 

काठमाडौं । कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । 


उनको स्वागतका लागि  नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणको विमानस्थलमा उपस्थिति थियो । उनलाई मन्त्री किरातीले खादासँगै ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए । 


सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । 
 

 

 

 

प्रतिकृया दिनुहोस