• सोमबार-मङ्सिर-३-२०८१

Royal College of Defence Studies (UK)को अध्ययन भ्रमण सम्पन्‍न

काठमाडाैं । २०८० बैशाख २५ गतेदेखि नेपालमा अध्ययन भ्रमणमा रहेको संयुक्त अधिराज्यको Royal College of Defence Studies को टोलीले नेपालको भ्रमण सम्पन्न गरेको नेपाली सेनाले बताएकाे छ ।

कलेजका Commandant Lt Gen (Retd.) Sir George Norton को नेतृत्वमा कलेजका शिक्षक तथा विभिन्न देशका शिक्षार्थीहरु सम्मिलित १९ सदस्यीय भ्रमणदल २०८० बैशाख ३० गते नेपालबाट प्रस्थान गरेको छ।

 

  भ्रमणको सिलसिलामा  २०८० बैशाख २५ गते भ्रमणदलका प्रमुख Lt. Gen. Norton ले प्रधान सेनापति महारथी  प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गरेका थिए ।

 

उक्त भ्रमणदलले जङ्गी अड्‍डा, पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत विभिन्न ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको थियो ।  

 

 विभिन्न शिक्षण संस्थाहरुमा संचालन हुने उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले बिभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको छ । Royal College of Defence Studies मा संचालन हुने तालिममा नेपाली सेनाबाट पनि सहभागिता रहने गरेको छ ।

   


    

 

प्रतिकृया दिनुहोस