• शुक्रबार-चैत-१६-२०८०

सेनाको विशेष फौजमा ठुलाबडाको चाकडी 

 

  नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति भुवन खत्री जर्सावले बाहिनीको युद्धभैरब गणमा बाहिरबाट सिविल व्यक्तिहरू ल्याएर हामी सैन्यहरूलाई सेवासुसारमा लगाउने गरेकाले यो पत्र लेख्दैछौं । हामीले सेनाका हाकिमहरू बाहेक सेनाभन्दा बाहिरका मानिसहरूको दैनिक सेवा गर्नैपर्ने बाध्यता रहेको छ ।  भुवन खत्री जर्सावले सेनाभन्दा बाहिरका मानिसहरू व्यारेकमा ल्याएर हरेक दिन टेनिस खेलाउने व्यवस्था गरेका छन् ।

 

 तारध्वज पाण्डे जर्सावको ज्वाइँको टेनिस खेल्ने ठाउँ बनेको छ नेपाली सेनाको विशेष फौज बाहिनी अड्डा । सैनिक बाहेक बाहिरका मानिसहरू हरेक दिन ब्यारेकमा ओहोर दोहोर गर्दा महाराजगञ्जको  नेपाली सेनाको विशेष फौज बाहिनीको सुरक्षामा असर पर्ने  कुरा जर्साबलाई कुनै मतलब छैन ।  नेपाली सेनाको विशेष फौज बाहिनीको सुरक्षाको जिम्मेवारी जर्साबको पनि  हो कि होईन ? हो भने सेनाभन्दा बाहिरका ठुलाबडाको चाकडी गर्नलाई दैनिक रुपमा यस्तो गर्नु  लापर्बाही होइन ?

 

हामीलाई विशेष फौजका सैन्यहरू बाहिरका मानिसहरूको सेवा गर्न खटिएका हौं र ?  बाहिनीपतिको आदेशले गर्दा हामीले ब्यारेकभित्र हरेक दिन सिविल व्यक्तिहरूको सेवामा खटिनु परेको छ । ब्यारेकमा प्रत्येक दिन यस्तो कार्य नहोस्, सैनिक अनुशासन कायम होस् भनेर तपाईंको पत्रिकामार्फत हेडक्वार्टरमा अनुरोध गरेका हौं । – नेपाली सेनाको भलो चाहने सैन्यहरू, महाराजगञ्ज, काठमाडौं ।
 

प्रतिकृया दिनुहोस