• बुधबार-कार्तिक-१४-२०८१

काँंग्रेसकाे सौदावाजीको राजनीतिले समस्यामा उपेन्द्रयादव

काठमाडौं । बाराको उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएमा मधेश सरकार हेरफेर हुन सक्ने संकेत देखिन थालेको छ । काँग्रेसले उपेन्द्र यादवसँग मधेश सरकारको नेतृत्वका लागि बार्गेनिङ गर्न थालेपछि यस्तो संकेत मिलेको हो ।

 

जनमत पार्टीका शिवचन्द्र कुशवाहले यादवलाई टक्कर दिइरहेको समाचार सार्वजनिक हुन थालेपछि कांग्रेस नेताहरु यादवसँग सौदाबाजी गर्ने प्रयासमा देखिएका हुन् ।


कांग्रेस नेता विमलेन्द्र निधिले मधेश सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताउन थालेका छन् । कांग्रेसले चुनावको मुखैमा यसो भन्नुले उपेन्द्र यादवलाई जिताउने हो भने मधेशको सरकार आफूहरुलाई दिनुपर्ने कांग्रसी लाइन रहेको बुझ्न सकिन्छ । कांग्रेससहित सत्ता गठबन्धनको साझा उम्मेदवार रहेको यादवलाई सत्ता गठबन्धनकै केही नेताहरुले पनि असहयोग गरिरहेका छन् ।

 

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उपेन्द्र यादवलाई सहयोग नगर्ने बताइसकेको छ । सत्ता गठबन्धनकै उम्मेदवार धेरै भएको भन्दै बाबुरामले प्रदेश कमिटीलाई निर्णय लिने अधिकार दिएका छन् ।


 त्यसैले, सत्ता गठबन्धनभित्रको असहयोगको दबाबमा परेका यादवलाई सीके राउतको कमाण्डमा भइरहेको चुनावी रणनीतिले पनि थप दबाब दिइरहेको छ ।  त्यसैमा काँंग्रेसले सौदावाजीको राजनीतिक गर्न थालेपछि मधेश प्रदेश सरकारको भविष्यमा प्रश्न उठेको हो । त्यसो त, जसपाले अन्तिममा एमालेसँग सम्झौता गर्न सक्ने पनि बताइन्छ ।

 

बारा २ मा चुनाव जित्न उपेन्द यावदले एमालेसँग मिलेमतो गरेमा मधेश प्रदेशको सरकारमा एमालेसँग साझेदारी गर्न सकिने पनि परिस्थिति बन्ने पनि अनुमान गर्न थालिएको छ ।


बारा २ मा एमालेले जित्ने निश्चित नभएको अवस्थामा उपेन्द्रलाई साथ दिएमा मधेश प्रदेश सरकारमात्र होइन, भोलिका दिनमा संघीय सरकारको हेरफेरमा पनि सहयोग पुग्न सक्ने हुन्छ ।

 

त्यसैले, चुनावको मुखमा कांग्रेसले मधेश प्रदेश सरकारका लागि जसपासँग सौदाबाजी गर्ने नीतिले यावदलाई थप विच्क्याउन सक्ने आंकलन पनि गर्न थालिएको छ ।

 

प्रतिकृया दिनुहोस