• बिहीबार-माघ-२४-२०८१

प्रभु बैंक संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 


उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ । 


बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।


बैंकका अनुसार तोकिएको अवधिभित्र सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने छ ।
 

प्रतिकृया दिनुहोस