• शुक्रबार-चैत-१६-२०८०

पाकिस्तानमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु

 

खैबर पख्तूनख्वा, पाकिस्तान, ४ चैत । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एक महिला, उहाँकी सासू, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित ‘द न्यूज इन्टरनेसनल’ पत्रिकाले जनाएको छ । 

 

द न्यूज इन्टरनेसनलका अनुसार शुक्रबार बिहान करिब ४ बजेको समयमा मोहम्मद नवाबको बहुकोठे काठको घर र नजिकैको गोठ जलेर नष्ट भएको थियो । घटनास्थलमा पुगेका स्थानीयले परिवारका सदस्यलाई उद्धार गरी नजिकैको अस्पतालमा लगेका थिए, जहाँ चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए ।

 

घटनाको प्रत्यक्षदर्शी रज्जाक राजाले भन्नुभयो, “स्थानीयहरू घटनास्थलमा पुगेका थिए र भग्नावशेषबाट पुरिएका मानिसहरूलाई उद्धार गरी स्वास्थ्य संस्थामा लगेका थिए । प्रहरीका अनुसार मोहम्मद नवाबकी श्रीमती छब्बर बीबी, उहाँका पाँच छोरीहरू र तीन छोराहरूको जलेर मृत्यु भएको थियो । 

 

आगलागीका कारण कैयौँ पशुचौपायाको समेत मृत्यु भएको द न्यूज इन्टरनेसनलले जनाएको छ । 
---
 

प्रतिकृया दिनुहोस