• मंगलबार-बैशाख-४-२०८१

तिलगङ्गामा गाडीको ठक्करबाट एकको मृत्यु

सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा एक महिला मृतावस्थामा फेला

 

काठमाडौँ, ४ चैत (रासस) : काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।

 

गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिनुभयो ।

  
यसैगरी काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस