• आइतबार-चैत-१९-२०७९

गाेरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईबाटै निर्वाचन आचार संहिताकाे ठाडाे उल्लंघन

रामचन्द्रकाे तावेदारी, विद्याप्रति विषवमन गर्दै यसरी गरियाे निर्वाचन आचार संहिता उल्लंघन


काठमाडाैं । गाेरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईबाटै निर्वाचन आचार संहिताकाे ठाडाे उल्लंघन भएकाे छ । राज्यकाे मुखपत्र गाेरखापत्र र त्यसका प्रधानसम्पादक  शिवकुमार भट्टराईले ''अब मिचिँदैन संविधान'' शीर्षकमा २०७९ चैत ३ गते एक थान लेख लेखेर आज २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिकाे निर्वाचनमा ''रामसहाय यादव नै उक्त पदमा निर्वाचित हुनु हुनेछ'' भनेर निर्वाचन आचार संहिताकाे ठाडाे उल्लंघन गरिएकाे छ । अनि त्यही लेखमा राष्ट्रपति रामचन्द्र पाैडेलकाे तावेदारी गर्दै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीप्रति जथाभावी विषवमन गरेर राज्यकाे मुख पत्रकाे दुरूपयाेग गरिएकाे छ ।


राज्यकाे मुख पत्र राष्ट्रिय दैनिक गाेरखापत्र र प्रधानसम्पादक शिवकुमार भट्टराईबाट  निर्वाचन आचार संहिताकाे ठाडाे उल्लंघन  गर्दा पनि निर्वाचन आयाेग चुपचाप बसेकाे पाइएकाे छ । राज्यकाे मुख पत्र राष्ट्रिय दैनिक गाेरखापत्र र प्रधान सम्पादक शिवकुमार भट्टराईले निर्वाचन आचार संहिता उल्लंघन गरेर प्रकाशित गरेकाे आपत्तिजनक लेखका सम्बन्धमा साँघु प्रतिनिधिले निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग जिज्ञासा राख्दा भर्खरै मात्र कार्यालयमा गाेरखापत्र आइपुगेकाे पढ्न नपाएको प्रतिक्रिया दिए ।


तर, गाेरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईकाे लेखकाे निर्वाचन आचार संहिता उल्लंघनका लाइनहरू पढेर सुनाउँदा त्यस्ताे लेख्न चाहिं नपाइने प्रतिक्रिया दिए ।


यसरी गरियाे निर्वाचन आचार संहिता उल्लंघन


''राष्ट्रपति पछि दोस्रो मर्यादाक्रममा रहने उपराष्ट्रपति पदमा आज निर्वाचन हुँदैछ । गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका रामसहाय यादव नै उक्त पदमा निर्वाचित हुनु हुनेछ । मधेशी समुदायको प्रतिनिधित्व गर्नुहुने यादव उपराष्ट्रपति पदमा निर्वाचित हुँदा मुलुकको एउटा समुदायको प्रतिनिधित्व हुनेछ ।''

 

''यद्यपि गठबन्धनले महिला उम्मेदवारलाई उठाउन सकेको भए अझै राम्रो हुने थियो । राजनीतिक परिवेश र भागबन्डाका कारण तत्काल त्यो सम्भव देखिएन । यद्यपि राजकीय सत्ताका अन्य पदमा महिला प्रतिनिधित्वलाई उच्च प्राथमिकता दिएर क्षतिपूर्ति गर्नेमा भने गठबन्धन गम्भीर हुनैपर्छ ।''

 

प्रतिकृया दिनुहोस