• शुक्रबार-चैत-१६-२०८०

सुनसरीमा २८५ किलो गाँजाससहितको गाडी छाडी भाग्ने ड्राईभरको खोजी जारी

 

सुनसरी । करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सबारी चालकको खोजी कार्य जारी छ ।

 

हरिनगर गाउँपालिका– ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको हो । 

 

सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सबारी चालक सो गाडी रोक्ने वित्तिकै गाडी छोडेर भागे पछि खोजी कार्य जारी राखिएको हो ।

 

सशष्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको  गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । 

प्रतिकृया दिनुहोस