• शनिबार-बैशाख-१५-२०८१

सिंहदरबार भित्रका बेसमेन्टमा तालिम हल ! : यतातिर महानगरले चियाउन मिल्छ ? 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी भवनमा बनेको बेसमेन्ट अर्थात अन्डरग्राउण्डमा पाकिङ्गबाहेक अन्य कार्यमा प्रयोग गर्न नपाउने भन्दै धमाधम खाली गर्दै आएको छ । तर, संघीय सरकारको प्रशासनिक निकाय सिंहदरवार भित्रका भवनमा भने तालिम केन्द्र र कार्यालय संचालन गरिदै आएको छ । 


  शिक्षा मन्त्रालय रहेको भवनको वेसमेन्टमा राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक प्रशासन शाखा र तालिम हल संचालन गरिरहेको पाइएको छ । स्थान अभावका कारण केन्द्रले सवारी पार्किङ्गस्थलमा कार्यालय र बैठक कक्ष संचालन गर्नुपरेको गुनासो गरेको छ । बेसमेन्टमा कोठा बनाएर कार्यालय संचालन गरेको भए पनि जमिनमुनीको पानी रसाएका कारण कर्मचारीले सहज रुपमा काम गर्न सकेका छैनन । स्टोर पनि त्यही रहेको कारण महत्वपूर्ण सरकारी कागज पानीले भिजेर नष्ट हुने अवस्थामा पुगेको गुनासो केन्द्रका कर्मचारीले गरेका छन ।


उता, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पनि स्थान अभाव भएका कारण वेसमेन्टमा तालिम हल बनाएको खबर छ । अन्यत्र भने यसो गरेमा कानून लाग्ने तर कानून बनाउने मन्त्रालयहरुमा नै कानूनको खिल्ली उडाइएको छ । यतातिर काठमाडौं महानगरले चियाउन मिल्दैन होला ।
 

प्रतिकृया दिनुहोस