• बिहीबार-बैशाख-६-२०८१

अमेरिकी डलरसँगै युरोकाे भाउ पनि वृद्धि

 

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार अमेरिकी डलर २८ पैसाले वृद्धि भएको छ । यसअघि सोमबार यसको खरिदमूल्य १२९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ २५ पैसा तोकिएको थियो ।  

 

युरोपियन युरो पनि १ रुपैयाँ २२ पैसाले उकालो लागेर यसको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४७ पैसा तोकिएको छ । सोमबार यसको खदिदर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसामा कारोबार भएको थियो 

 

अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरमा ८६ पैसाले वृद्धि भएको हो । सोमबार यसको खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसा ताकिएको थियो । 

 

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४६ पैसा रहेको छ । 

 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५९ पैसा र बिक्रीमा १० रुपैयाँ ६४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६० पैसा र बिक्रीमा १६ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४६ रुपैयाँ २६ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।
 

न्यूज कारखाना

प्रतिकृया दिनुहोस