• शुक्रबार-बैशाख-१४-२०८१

बिआरआई विरूद्ध हामीले काम गरेका छैनाै


२०७९ पौष १४ गते बिहीबार ’साँघु न्युज डटकम’ अनलाईन पोर्टलमा ’बिआराई विरुद्ध एसिया फाउन्डेसन’ भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।


विगत एक वर्षदेखि म लगायत मेरो संस्थाले नेपालको विदेश नीति, कूटनीति, अन्तर्रास्ट्रिय सम्बन्ध, नेपालमा वैदेशिक लगानी र पूर्वाधार विकास, नेपालमा बढ्दो भूराजनीतिक गतिविधि र तिनले निम्त्याउने असरहरुबारे अनुसन्धान र छलफल गरिरहेको छ ।  राष्ट्रिय महत्वका यस्ता सवालहरुमा विकेन्द्रिकृत छलफल हुन आवश्यक छ।

 

आम जनमानसमा यस्ता विषय छलफल गरी आम नागरिकको मत तथा सुझावहरु संकलन र तथ्यगत विश्लेषण गरी नेपालको नीति निर्माण तथा विदेश नीतिलाई सुदृढ गर्न टेवा पुर्याउने उद्देश्य अन्तर्गत नेपालका विभिन्न प्रदेशहरुमा छलफल कार्यक्रम संचालन गरिरहेका छौं ।  


   हामी निस्पक्ष रुपमा पछिल्लो समयमा नेपाल भारत अन्तरदेशीय सम्बन्ध, नेपाल चीन अन्तरदेशीय सम्बन्ध, एमसीसी, एसपीपी, बिआरआई लगायतका परियोजना र तिनले निम्त्याउने भूराजनीतिक द्वन्द्वका बारेमा अनुसन्धान र छलफल गरिरकेका छौं।

 

त्यसै क्रममा ’भूराजनीति र बिआरआई’ नामक सेमिनार आयोजना गरिएको हो। हामी नेपालले लाभ लिन सक्ने वैदेशिक परियोजनाहरुको तथ्यपरक मूल्यांकन र नेपालको राष्ट्रिय हितमा भए नभएको विश्लेषण गरि त्यस्ता परियोजनाहरु स्वीकार्नु पर्छ भन्ने मान्यता राख्दछौं ।


  समाचारमा उल्लेख भए अनुसार बिआरआई परियोजनालाई  विवादित बनाउने र चीन विरोधी भावना फैलाउने भन्ने कुरा सत्य होईन। बिआरआई राष्ट्रिय हितमा छ भने नेपालले यसबाट लाभ लिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।


 हामी गैर नाफामूलक र अनुसन्धान केन्द्रित भएका कारण वित्तिीय पारदर्शिता हाम्रो प्राथमिकता हो।  ’साँघु न्युज’ जस्तो सम्मानित समाचार पत्र ले यस्तो तथ्यहीन आरोप लगाउनु खेदजनक छ । यस समाचारमा लगाइएका आरोपहरुमा कुनै सत्यता छैन ।

विजय कान्त कर्ण

प्रतिकृया दिनुहोस