• शुक्रबार-बैशाख-१४-२०८१

नम्बर २ सैन्य तालिम केन्द्रमा कर्णेलबाट व्यापक शोषण : तालिमेहरुलाई महंगा सामान भिडाएर मस्ती  

 

प्रमुख सेनानी विकास अधिकारी नम्बर २ सैन्य तालिम केन्द्र(सैनामैना)को केन्द्रपतिकोे जिम्मेवारी पाएका व्यतिm हुन् । नं. २ सैन्य तालिम केन्द्रको मुख्य जिम्मेवारी सैन्य आधार तालिम गराउनु हो । यस तालिम केन्द्रमा तालिम गर्ने सैन्य र अन्य सबै गरी १२५० को नफ्री रहेको छ, जसमध्ये ८७५ जना सैन्य तालिम केन्द्रको नफ्रिमा रहेका छन् । प्रमुख सेनानी विकास अधिकारीको तालिम भन्दा बढी ध्यान क्यान्टिमा सामान विक्री गराउने र मोटो रकम आम्दानी गर्ने सोचका साथ क्याटिनमा सक्रियतापूर्वक लागिपरेका छन् । 


नेपाली सेनाको नीति नियम विपरीत क्रियाकलाप प्रदर्शन गर्दै आएका छन् । उनले ब्यारेकभित्र तथा ब्यारेक बाहिर जनसमुदाय समेतलाई खलबल्याउने भविष्यमा आउने कमाण्ड तथा भावी पीढीं सैनिक व्यक्तिहरुलाई समेत ठुलो असर पु¥याउने काम गर्दै आएका छन् । नेपाल सेनाको तालिमको नीति अनुसार तालिम शुरु भएको ३÷३ महिनामा ट्रम ब्रेक छोड्ने पहिलो ट्रम ब्रेक पछि शनिवार विदाको दिनमा तालिम गर्ने सैन्यलाई आफन्त भेटघाट तथा केही क्षण तालिमको दुःख विर्साउने उद्देश्यका साथ सैन्यलाई घण्टे छोड्ने गरिन्थ्यो  । 


तीन महिनाको ट्रम ब्रेक बाहेक अन्य अवस्था सैन्यहरुलाई गेटबाट बाहिर जान निषेध गरिएको छ । यसरी छोेड्दा कुनै पनि सैन्य हिंडेर जान पाउँदैन । पहिला नै गाडीको व्यवस्था मिलाइएको हुन्छ, सबैलाई ब्यारेकभित्र गाडी ल्याएर पठाइन्छ ब्यारेक आउने दिनमा रानीबगीय बजारको मुख्य मुख्य चोकहरुमा विहान ६ बजे देखि अपराहण ४ बजे सम्म २५(देखि ३० जना सिभिल पोशाकमा डिउटी खटाई घरबाट आउने सबै सैन्यहरुलाई गाडीबाट झर्नेवित्तिकै दायाँबायाँ कतै हर्कत गर्न नदिई जम्मा गरी ब्यरेकबाट आर्मीका ठुला ट्रक र प्रमुख सेनानी विकास अधिकारी चढ्ने सरकारी स्कारपियो गाडीले ओसार्ने गर्दछ । 


 कर्णेल विकास अधिकारीले आफ्नो गाडी आफै ड्राइभ गर्दछन् आफ्नो गाडीमा महिला सैन्यहरुलाई मात्र चढाउने गर्दछन् । यस क्रियामलापले गर्दा जनसमुदाय अत्यन्तै रुष्ट रहेका छन् । यो गर्न‘को मुख्य कारण यो रहेको छ सैन्यहरुलाई कुनै पनि सरसामान खरिद गर्न नदिनु हो । यदि तालिम गर्नेहरुले बाहिरबाट कुनै सामान खरिद गरी ल्याएका छन् भने व्यारेकभित्र सबै चेक गरिन्छ त्यो ल्याएको सामान प्रयोग गर्न नदिइ जम्मा गरी भरपाईको साथ स्टोरमा राखिन्छ तालिम पास भएर जानु भन्दा एक दिन आगाडि उक्त सामान दिइन्छ । यो वर्तमान समयमा नेपाली सेनाको सबैभन्दा ठुलो दुखद कुरा हो । उनीहरुलाई केन्द्रपतिले विदा जाने क्रममा भनेका हुन्छन् बाठो भइस् सामान ल्याइस् भने, तेरो दशा शुरु भयो । तँलाई सेकेण्डी ब्याचमा झारी दिन्छु भनी आदेश दिन्छन् । यसैगरी ६००–७ सय जनालाई ट्रक र आफ्नो गाडी गरी १०–१२ टिपमा खाँदखुद पारेर सैन्यहरुलाई बजारबाट ओर्साछन् ।


 नेपाली सेनाको तालिम नीति तथा निर्देशिका अनुसार नयाँ सैन्यहरुको तालिम शुरु भएको तीन महिना पहिलो ट्रम पास नभए सम्म सैन्यहरुलाई व्यक्तिगत रुपमा पैसा तिरेर क्यान्टिनमा खान नपाउने नीति रहेको छ । तर, सेनाको उक्त नीति नियमलाई धज्जी उडाउँदै तालिम शुरु भएको भोलिपल्टदेखि एकदिन पछिबाट क्यान्टिनमा किनेर खाने सुविधा दिलाएका छन् ।
 उनको अधिकांश समय क्यान्टिनको सामान र विभिन्न कम्पनी डिलरहरुसँग कमिशन डिल गर्नमै बित्छ । क्याटिन संचालकहरुलाई बिल कसैलाई पनि देखाउने हैन भन्दछन । रु. ११००। को जुत्तालाई रु. १४००। सयमा विक्री गर्दछन् । रु. ९००। को खरिद जुत्तालाई रु. ११००। समयमा विक्री गर्दछन् ।

 

प्रशस्त फाइदा राखेर सामान विक्री गर्दछन् । तालिमलाई आवश्यक सामान भन्दा अनावश्यक सामान भिडाएर सैन्यहरुलाई शोषण गर्दछन् । शुरुबाट तालिम सकेर जाने बेलासम्म एउटा सैन्यलाई रु. ४० हजार देखि ५५ हजारसम्म को खर्च गरी सामान खरिद गर्नुपर्ने बाध्यता छ । धेरै जसो सामान गाडीले ल्याउँछ विल आउँदैन सामान कतिमा विक्री गर्ने भन्ने विषयमा क्याटिन संचालकले केन्द्रपति प्रमुख सेनानी(कर्णेल) विकास अधिकारीलाई फोनबाट सामान आयो सर रेट कतिमा विकी गर्ने हो भनी सोध्नु पर्दछ ।

 

यदि कम फाइदा हुने सामान छ भने सैन्यहरुलाई अति आवश्यक सामान पनि दिने काम गरिदैन । फाइदा हुने सामान छ भने तुुरुन्तै त्यो सामान किन्न दबाब दिइन्छ । सामान ल्याउनेलाई एकमुस्ट वितरण गर्न लगाइन्छ ।  सैन्यहरुले घरबाट पैसा मागएर भए पनि जबर्जस्ती भिडाएको सामानको भने जति रकम तिर्नु पर्छ  । आर्थिक शोषणका यस्ता हृदयविदारक कुराहरुको पीडा नै पीडाले भरिएको यी तालिम केन्द्रका केन्द्रपतिको शोषणको फेहरिस्ता र सिपाहीहरुको समस्या कसले बुझ्ने ।


१) अनावश्यक सामान पनि गाडीका गाडी मगाउने । सैन्यहरुलाई घरबाट आउदा कुनै पनि सामान बाहिरबाट ल्यायो भने अर्को टोलीमा झारी दिन्छु भनेर केन्द्रपतिले नै सैन्यहरुलाई धम्की दिने गर्छन् । पल्टनभित्र विभिन्न कार्यक्रम राख्ने युभिडे भनेर फिल्म देखाउने । प्रत्येक तालिमे सैन्यहरुलाई प्रति व्यतिm रु. ५०। (देखि ३००। रुपैयाँसम्मको खानेकुरा क्याटिनबाट अनिवार्य रुपमा खुवाउने गरिन्छ । केन्द्रपति आफ्नो अफिसको कुर्चिमा बसेर दिनमा २÷३ घण्टा जति मात्र रहन्छन् । 


  अरु सबै टाइममा सिभिल पोशाकमा बजारभरी घुम्ने व्यवसाय सम्बन्धी चक्कर मै रहेका हुन्छन् । उनी आउनुभन्दा अगाडि रु. ९८। मा विक्री गरिएको सामान अहिले रु. ११०।  पु¥याएका छन् । यस्तै सबै सामानमा दर बढाएका छन र उनी आफै भन्छन् मलाई यो मौका फेरीफेरी आउँदैन मैले यो मौका गुमाउनु हुँदैन ।  एक दिनमा ३÷४ पटक क्यान्टिन पुगेर सामान  के कति विक्री भयो चेकजाँच गर्छन।  दिनभरको फाईदा बेलुका उनलाई बुझाउनु पर्छ । एकदिनको फाइदा रु १० हजारदेखि १४ सम्म । प्रत्येक शनिवार रु. २२ हजार देखि रु. २५ हजारसम्म कमिशन फाइदा गरेका हुन्छन् । 


 उनले भने अनुसारको रकम बुझाउने नसक्दा २ हप्ता मै क्यान्टिन मेनलाई रातारात निकालि दिएका छन् । उनी आफै भन्छन् तिमीहरुले भनसुन गर्ने सबै निकायमा मैले सबै च्यानलप्यानल मिलाई मुख थुनिसकेको छ । तिमीहरुले नेपाली सेनामा रिपोर्ट सिकायत गरेर हुने वाला केही छैन अबको १७ वर्षपछि भावी प्रधानसेनापति म विकास अधिकारी हो । नेपाली सेनाको ब्यारेक तथा कार्यालयहरुमा  म विकास अधिकारीको फोटो हुन्छ । यो कुरा पनि विचार गर । अहिलेको प्रधानसेनापतिसँग मेरो डाइरेक्ट लिङ्क छ, तिमीहरुले रिपोर्ट गरेर जाने ठाउँ त्यही हो, त्यो कुरा याद राख भनी उनको दरबार कवाजमा बोलिरहन्छन् । 


  प्रत्येक दिन उनी ब्यारेकको राम्रो राम्रो मोटर साइकल बदली बदली व्यापार मिलाउन, बाहिर व्यापारीबाट कमिशन लिन जाने गर्दछन् ।  एक्लै जान्छन् कतिखेर जान्छन् कतिखेर आउँछन त्यसको कुनै टुङ्गो हुँदैन । उनको बसाई आठ घण्टा व्यारेकमा १६ घण्टा बाहिर घुमिरहन्छ । ३÷४ थरीका कपडा बोक्छन् ठाउँ ठाउँमा गएर पोशाक बदलेर व्यारेकबाट जाँदा एक पोशाक छ भने आउँदा अर्कै  पोशाकमा आउँछन् गेटमा डियुटी बस्नेले पनि चिन्न गाह्रो पर्छ ।  –भुक्तभोगी तालिमेहरु, नेपाली सेना
 

प्रतिकृया दिनुहोस