• बिहीबार-चैत-१५-२०८०

पाँच नेता जो २०९ मतभन्दा कमले पराजित भए

 

काठमाडौं । धेरै मतले हारजीत हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए । रोचक त के भने, यी सबै विजयी उम्मेदवार फरक फरक प्रदेशका हुन् ।

 

लुम्बिनी प्रदेश

एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित भए । दाङ-२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग जम्मा ११७ मतले पराजित भएका हुन् ।

 

शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेका थिए । तर, उनै पोखरेललाई दाङवासीले पत्याइदिएनन् ।

 

बाग्मती प्रदेश

काठमाडौं १ मा रवीन्द्र मिश्रको अवस्था पनि त्यस्तै भयो । नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिएका मिश्रलाई जम्मा १३२ मतले पराजित गरे । भावी प्रधानमन्त्रीको रूपमा आफ्नो दावी प्रस्तुत गरिरहेका सिंहले यसअघि पनि मिश्रलाई एक हजारभन्दा कम मतान्तरले पराजित गरेका थिए । सिंहले ७१ सय ४३ मत प्राप्त गर्दा  मिश्रले ७०११ मत प्राप्त गरे ।

 

प्रदेश १ 

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी भए  । उनले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोकेका थिए । भट्टराईले २१९४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत मात्र ल्याए ।

 

मधेस प्रदेश

एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गरे । गुप्ताले २४२६० मत प्राप्त गर्दा चौधरीले २४०१९ मत ल्याए ।

 

कर्णाली प्रदेश

दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई जम्मा एक सय ३५ मतले हराए । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई एक सय ३५ मतले मात्रै पराजित गरेका हुन् । शाहीले २०१५८ मत ल्याउँदा  निकट प्रतिस्पर्धी पोखरेल २०००५ मतमा सीमित भए ।

प्रतिकृया दिनुहोस