• शुक्रबार-बैशाख-७-२०८१

पाकिस्तानमा नयाँ सेनाप्रमुख, सेना राजनीतिमा संलग्न भएको निवर्तमान प्रमुखले स्वीकारे

 

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार लेफ्टिनेन्ट जनरल असिम मुनीरलाई देशको शक्तिशाली सेनाको नयाँ प्रमुखको रूपमा नियुक्त गरेका छन् । सूचना मन्त्रीले एक ट्वीटमा उक्त जानकारी दिएका हुन् । 


नयाँ प्रमुखले निवर्तमान जनरल कमर जावेद बाजवाबाट पदभार ग्रहण गर्नेछन् । बाजवा  छ वर्षको कार्यकालपछि यसै महिनाको अन्त्यमा अवकाश लिँदै छन् । 

 

यसअघि बाजवाले पाकिस्तानी सेना राजनीतिमा संलग्न भएको स्वीकारेका थिए । सेनाले ‘राजनीतिमा हस्तक्षेप’लाई रोक्ने निर्णय गरेको पनि उनले बताएका थिए ।
 

प्रतिकृया दिनुहोस