• बिहीबार-बैशाख-१३-२०८१

प्रदेशसभा समानुपातिक मत : प्रदेश १ मा एमाले र मधेश प्रदेशमा कांग्रेस अगाडि

काठमाडौँ, ८ मङ्सिर (रासस) । प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार  प्रदेश नं.१ मा नेकपा(एमाले)ले  ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ ।

 

त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ ।


मधेश प्रदेशमा कांग्रेस अगाडि  


    मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ । एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र (माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ ।

 

बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ । उसले ६२ हजार सात सय ५७ मत ल्याएको छ । कांग्रेसले ६१ हजार पाँच सय ७३ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ ।

 

राप्रपाले ३९ हजार ५६ र माओवादीले ३० हजार चार सय १६ मत पाएको छ । बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले २७ हजार आठ सय ४२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

 

    गण्डकी प्रदेशमा एमालेले ९१ हजार ३७१, कांग्रेसले ७३ हजार ८५०, (माओवादी केन्द्र) ले ३३ हजार तीन सय ६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ६५ र नेकपा (एकीकृत समाजवादी) ले छ हजार आठ सय २० मत ल्याएको छ ।   

 

लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ ।

 

कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । माओवादीले एक लाख ३० हजार ५६ मत पाएको छ । एमालेले पाँच हजार नौ सय १४ मत पाएको छ भने कांग्रेसले चार हजार दुई सय २५ मत ल्याएएको छ ।

 

त्यसैगरी (एकीकृत समाजवादी) ले एक हजार एक सय १२ मत पाएको छ । राप्रपाले सात सय ८१ मत पाएको छ । सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने  आयोगले अद्यावधिक गरेको छैन ।
–––

 

प्रतिकृया दिनुहोस