• शुक्रबार-मङ्सिर-२३-२०७९

यी कारणले पनि बढ्न सक्छ ब्लड सुगर

 

ब्लड सुगर (मधुमेह) नियमित बढिरहेको छ भने आँखादेखि, मिर्गौला, हृदय तथा पाचन अंगहरुमा समते समस्या सिर्जना गर्दछ ।

 
–रातिको समयमा ६÷७ घण्टा पेट खाली रहेको अवस्थामा बिहान नास्ता गर्नुपर्दछ । बिहान नास्ता गरिएन भने तीव्ररुपमा रगतमा सुगर लेभल बढ्न जान्छ ।


–दिनभर कम पानी पिउनु मधुमेहका विरामीका लागि समस्यायुक्त हुनसक्छ । पानी कम पिउने आदतले रगतमा चिनीको मात्रा बढ्न जान्छ । 


– तनाव नियन्त्रित गर्न नसक्ने अवस्थामा पनि रगतमा चिनीको स्तर उच्च हुन पुग्छ । यसले मधुमेहको जटिलतालाई अझ गम्भीर बनाउँछ । 


–अपर्याप्त निद्राले शरीरमा इन्सुलिनको उपयोग गर्ने प्रभावकारितालाई असर गर्दछ । 

प्रतिकृया दिनुहोस