• शुक्रबार-मङ्सिर-२३-२०७९

रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छ : निर्वाचन आयोग

 

काठमाडौं।  निर्वाचन आयोगले चितवन–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ । 

 

आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए । 

 

रविको नागरिकता अवैध रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजरी परेको छ । 
 

प्रतिकृया दिनुहोस